शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बाइडेनले रुसका सबै विमानलाई अमेरिका आउन रोक


  • बुधबार, फाल्गुन १८ २०७८
12K
SHARES

तस्विरः फाइल

अमेरिकी राष्ट्रपति जो बाइडेनले संसदलाई सम्बोधित गर्दै रुसका सबै उडानले अब अमेरिकी हवाई क्षेत्रको प्रयोग गर्न नसक्ने पुष्टि गरेका छन् । उनले आफ्नो भाषणका बेला यी रुसी उडानमा सबै प्रकारका व्यावसायिक र नीजि उडान समावेश भएको बताएका छन् ।

यसै प्रकारको कदम युरोपेली राष्ट्र र क्यानडाले पहिले नै उठाइसकेका छन् । बाइडेनले यो प्रतिबन्धले रुसलाई थप एक्ल्याउने र उसको अर्थव्यवस्थामा भारी दबाब पर्ने बताएका छन् ।

उनले रुसी मुद्रा रुबल र स्टक मार्केट पहिले नै आफ्नो भ्यालू ३० देखि ४० प्रतिशतसम्म गुमाइसकेको पनि बताए । राष्ट्रपति बाइडेनले अमेरिकीबाट युक्रेनी जनतालाई प्रेरणा लिन पनि भने ।

उनले भने, ‘पुटिनले ट्याङ्कले किभलाई पक्कै पनि घेर्न सक्छन् तर उनीहरुले कहिल्यै पनि मानिसको मन भने जित्न सक्नेछैनन् ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा