शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

मोटरसाइकल दुर्घटना हुँदा कपनमा दुईजनाको मृत्यु


  • बुधबार, फाल्गुन १८ २०७८
10.5K
SHARES

काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

बा६४प १३९६ नम्बरको मोटरसाइकलले गए राति करिब साढे ९ बजे पैदलयात्रीलाई ठक्कर दिएर नियन्त्रण गुमाई सडकछेउको घरको भित्तामा गएर ठोक्किएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक ओखलढुंगा घर भई आरुबारी बस्दै आएका अन्दाजी २८ वर्षीय शिवराज कार्की र पैदलयात्री कपन बस्ने ओखलढुंगाकै हर्कपुरका ६१ वर्षीय दुर्गाबहादुर कार्कीको मृत्यु भएको जनाइएको छ ।

मोटरसाइकल चालकको उपचारका क्रममा चाबेलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा र पैदलयात्रीको ओम अस्पतालमा राति नै मृत्यु भएको जनाइएको छ । कपनको भृकुटीचोकबाट गोपीकृष्णतर्फ आउँदै गरेको उक्त मोटरसाइकल दुर्घटनामा परेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा