शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

अन्तर्राष्ट्रिय अदालत जानुपर्ने भयले प्रचण्डले एमसीसीमा सहमति जनाएको विजुक्छेको खुलासा !


  • बुधबार, फाल्गुन १८ २०७८
11.1K
SHARES

फाइल तस्विर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रचण्डले सदनबाट एमसीसी पास गर्न सामेल हुनुलाई दशबर्शे युद्द संग लगेर जोडेका छन् ।

बिजुक्छेले ‘युद्धको नाममा १७ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासले एमसीसीमा सहमति जनाएको विजुक्छेले खुलासा गरेका छन् ।

भक्तपुरको न्हुः पुखु (रानीपोखरी) को मंगलबार उद्घाटन गर्दै बिजुक्छेले प्रचण्डको त्रासकै कारण एमसीसी पास भएको बताए । जनताको इच्छाविपरीत संसदले हतारहतार एमसीसी पास गर्नु दुःखद् भएको भन्दै उनले त्यसकाविरुद्ध पार्टीले देशभर विरोधसभा गरेको बताए । एमसीसी नेपाल र नेपालीका लागि घातक हुने उनको भनाइ छ ।

एमसीसीको विषयमा विरोध जनाउँदै आएका माओवादी अध्यक्ष प्रचण्डले एकाएक यु टर्न लिँदै व्याख्यात्मक टिप्पणी सहित सदनबाट एमसीसी पास गराउने निर्णय आफ्नू पार्टीबाट गराउँदै सदनमा एमसीसीको पक्षमा मतदान गरेका थिए । सदनबाट एमसीसी पास भइसकेको अवस्था छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा