आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

पशुपतिमा राष्ट्रपति र पूर्वराजाबीच जम्काभेट


  • मंगलबार, फाल्गुन १७ २०७८
14.5K
SHARES

फाइल तस्विर

काठमाडौं – आज महाशिवरात्रि पर्व । यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गरी विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी हुन् । उनले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गरेकी थिइन् ।

राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक, कर्मचारीलगायतले स्वागत गरेका थिए ।

यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पूजा आराधाना गरेका छन् ।

राष्ट्रपति भण्डारी पुगेको २० मिनेटपछि मन्दिर प्रवेश गरेका पूर्वराजाले पूजाआराधाना गरेका हुन् ।

राष्ट्रपति फर्किएको केही समयमा पूर्वराजा ज्ञानेन्द्रको आगमन भएको थियो ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको कोषले जनाएको छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिमा प्रत्येक वर्ष राष्ट्राध्यक्षले पशुपतिनाथमा विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ ।

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा