आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

ओलिको यो घोषणाले झस्किए सभामुख अग्नि सापकोटा !


  • मंगलबार, फाल्गुन १७ २०७८
5.6K
SHARES

तस्विरः फाइल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पर्खेर बसेको बताएका छन्।

एमसिसीबारे आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने बताए।

यद्यपी अध्यक्ष ओलीले सभामुख सापकोटाको स सम्मान बर्हिगमन आफ्नो पार्टीले चाहेको बताए ।

‘नेकपा एमाले एउटा जिम्मेवार पार्टी हो। सभामुखमाथि महाअभियोग ल्याउँदैन भन्ने पनि छैन। ल्याउन सक्छ। ल्याउँछ नै भन्ने पनि छैन। उहाँले राजीनामा गर्नुभयो भने नल्याउन सक्छ’, ओलीले भने, ‘हामी उहाँको राजीनामा पर्खिराखेका छौं। स(सम्मान बर्हिगमन हुनुस्। ससम्मान हटनुस्। कमसेकम संसदले निस्काशन गर्नुपर्‍यो भन्ने नहोस्।’

संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाको एमसीसीसँग कुनै सम्बन्ध नरहेको अध्यक्ष ओलीले स्पष्ट पारे।

उनले सत्तारूढ दलहरुले आफ्नो लाज छोप्न, नेपाली जनतालाई अल्मल्याउन व्याख्यात्मक घोषणा संसदबाट पारित गरेर ठगी धन्दा चलाएको तर्क समेत गरे।

‘एमसीसीको ब्याख्यात्मक घोषणासँग कुनै सम्बन्ध छैन। यो लाज छोप्नका लागि ल्याइएको हो। व्याख्यात्मक घोषणा नेपाली जनतालाई झुक्याउने, अलमल्याउने, धोका दिने एउटा ठगी धन्दा हो। त्यो भन्दा माथि केही पनि होईन यो व्याख्यात्मक घोषणा,’ ओलीले भने।

अध्यक्ष ओलीले एमसीसी संसदबाट पारित भईसकेकाले यसलाई कार्यान्वयन गरेर लैजानुको विकल्प नरहेको बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले देशको हित हुनेगरी सो सम्झौंता पारित नगरे आफ्नो पार्टीलाई सैह्य नहुने चेतावनी समेत दिए।

सो सम्झौंताबारे मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले देशको विकासको पक्षमा, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनताको पक्षमा अलिकति पनि कुनै पनि प्रावधानले तलमाथि नपर्ने गरी त्यसलाई कार्यान्वयन गरेर अघि बढाउन सरकारलाई सचेत गराएका हुन्।

यदि कुनै हिसावले देशको सार्वभौमसत्तामा, स्वाधिनतामा, स्वतन्त्रतामा वा हाम्रो राष्ट्रिय हितमा, राष्ट्रिय स्वाभिमानमा कहीँ पनि तलमाथि पार्न खोजियो भने नेकपा एमालेलाई त्यो मान्न हुन नसक्ने अध्यक्ष ओलीको भनाई थियो।

अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले संवैधानिक रुपमानै मृत भईसकेको एमसीसी सम्झौंतालाई संसदबाट पारित गर्न दिएर अर्को गम्भीर गल्ती गरेको आरोप लगाए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा