आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

ओली भन्छन्- भीम रावल हिरो बन्न खोजे


  • मंगलबार, फाल्गुन १७ २०७८
6.6K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद भीम रावल हिरो बन्न खोजेको बताएका छन् ।

एमसिसीबारे धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले रावल हिरोु बन्न खोजेको बताए।

भीम रावल पार्टीको धारणा वा पार्टीको काम कारबाहीभन्दा पृथक ढंगले आफूलाई प्रस्तुत गरिरहनु भएको छु, ओलीले भने, मैले पार्टीको संसदीय दलको बैठकमा पनि भनेको थिएँ। आफूलाई व्यक्तिगत तवरमा हिरो देखाउन खोज्ने त्यस खालका कुरा, काम कारबाही त्यस खालको विचार र कुनै पनि बहानामा चाहे राष्ट्रवादको होस् वा लोकतन्त्रको होस् अरू बहानामा हाम्रो पार्टीले लिएका नीति सही छन्। त्यसका विरूद्ध पृथक देखिएर गरिने क्रियाकलाप अनुशासनभित्र पर्दैनन्।

नेकपा एमालेको सल्लाहकार परिषद् सदस्य तथा सांसद रावलले प्रतिनिधि सभाको बैठकमा एमसिसीविरूद्ध रोष्टमबाट बोलेका थिए। जबकि एमाले सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गरिरहेका थिए।

उहाँले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशानहीन क्रियाकलाप गरिहरनु भएको छु, ओलीले भने,त्यस विषयमा पार्टीको ध्यान गएको छ।

सांसद रावलले एमाले महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिष्पर्धा गरेका थिए। रावल मतदानमा पराजित भएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा