काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० ले अमेरिकी सहयोग परियोजना एमसिसीबारे उठाइएको विवाद अध्यक्ष केपी शर्मा ओलीलाई तत्कालीन समयमा प्रधानमन्त्रीबाट पदच्यूत गर्ने दुष्प्रचार मात्र भएको बताएको थियो।
मंगलबार राजधानी आयोजित पत्रकार भेटघाटमा अध्यक्ष केपी शर्मा ओलीको विज्ञप्ति पढ्दै नेता प्रदीप ज्ञवालीले अहिले सत्तारूढ गठबन्धनमा भएका नेताहरूले पहिला ओलीलाई पदच्यूत गर्न दुष्प्रचारको रूपमा एमसिसी विवाद झिकेको बताए।
उनले एमसिसी पास गर्दा आफूहरूलाई संसदीय प्रक्रियामा सहभागी हुने वातावरण नबनाउनु प्रधानमन्त्री शेरबहादुर देउवाले पहल नगरेको बताए।
एमसिसी दुई पक्षीय सम्झौता भए पनि यसलाई भू(राजनीतिको विषय बनाएको बताए। एमसिसी पारित भइसकेपछि अब यसलाई कार्यान्वयनमा लैजानु पर्ने ओलीको विज्ञप्तिमा उल्लेख छ।
यस्तै प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीको व्याख्यात्मक घोषणा जनता झुक्याउने कोसिस भएको टिप्पणी गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेले संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर राष्ट्रिय महत्त्वको विषयमा निर्णय भएकोमा आपत्ति जनाएको छ । यसले यसले संसदीय अभ्यासको उपेक्षा पनि भएको उल्लेख गरेको छ ।
दुई सरकारबीचको सम्झौता एक पक्षीय रुपमा संशोधन गर्नु र त्यो लागू हुन्छ भन्नु जनतालाई झुक्याउनु हो ।एमसीसी सम्झौता गठबन्धनकै नेताहरुले विवादित बनाए ।सरकारले गर्नुपर्ने पत्रचारमा दलका नेताले हस्ताक्षर गरेर यसलाई दूषित बनाएु एमालेले भनेको छ ।
एमालेले सभामुखले संसद्मा बलमिच्याँइ गरेको आरोप लगाएको छ । ुसभामुखको बलमिचाई आपत्तिजनक छ । सभामुख दल विशेषको आज्ञा मानिरहनुभएको छ ।
कुनै दलले निस्कासित गरेका संसद्लाई उहाँले दल विभाजन गर्न सहयोग गर्नुभएको छ । यसले उहाँ पदमा रहन उचित छैनु एमालेले भनेको छ । एमसीसी जे जस्तो अवस्थामा भएपनि अनुमोदन भएकाले अब यसलाई कार्यान्वयन गर्नुपर्ने एमालेले उल्लेख गरेको छ ।