नेकपा एमाले बाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा दिमागी समस्या रहेको आरोप लगाएका छन् ।
एमसीसी सदन बाट पास भएपछि पार्टीको धारणा सार्वजानिक गर्दै उनले ओलीले संविधान अनुसार भएको आफ्नो पार्टीलाई समाप्त पार्न विभिन्न लाञ्छना लगाउने ओली देश र जनताको हितमा नरहेको समेत जिकिर गरेका छन् ।
उनले ओलीको दिमागी असन्तुलनकै कारण आफ्नो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना लगाएको आरोप छ ।
उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले आजै गरेको पत्रकार सम्मेलनमा प्रयोग गरेको भाषाको पनि आलोचना गरे । उनले ओलीमा देश शक्तिको भावना नरहेको जिकिर गर्दै उनले दक्षिणपन्थको बाटो अँगालेको बताए ।
दक्षिणपन्थ अँगालेको मान्छे कम्युनिस्ट र देशभक्त हुन लायकै नहुने उनको भनाइ छ । एमसीसीमाथि आशङ्का खडा गर्ने काम केपी ओलीले नै सरकारमा हुँदा गरेको जिकिर गर्दै नेता नेपालले त्यसमा उनको क्याबिनेटका मन्त्रीहरूको पनि दोष रहेको बताए ।
एमसीसीको विपक्षमा बोल्दै आएका समाजवादी अध्यक्ष नेपाल व्याख्यात्मक टिप्पणी सहित एमसीसीलाई अनुमोदन गराउन समर्थन जनाए सँगै एमसीसी सदनबाट पास भइसकेको अवस्था छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।