शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

ब्याख्यात्मक घोषणासहित एमसीसी पारित हुनु हाम्रो ठुलो सफलता : नेकपा एकीकृत समाजवादी


  • मंगलबार, फाल्गुन १७ २०७८
11.6K
SHARES

फाइल तस्विर

नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताएको छ ।

मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको बताएको छ ।

‘त्यसले देशलाई अप्ठेरो अवस्थामा पु¥याउन सक्तथ्यो, त्यसो हुनबाट रोकिएको छ, यसलाई हाम्रो पार्टीले लिएको अडान र सचेतना अभियानको सफलताको रुपमा लिनुपर्दछ’ एकीकृत समाजवादीको विज्ञप्तिमा भनिएको छ ।

सत्ता गठबन्धन घटक समेत रहेको समाजवादीले एमसीसीलाई व्याख्यात्मक टिप्पणी सहित एमसीसी पास गर्न सहमत भएर एमसीसी सदनबाट पास भएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा