शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सभामुखले बलमिच्याईं गर्दै फेरि असंवैधानिक काम गरे : ओली


  • मंगलबार, फाल्गुन १७ २०७८
10.4K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा सभामुखले बलमिच्याईं गरेको बताएका छन् ।

संसदको एउटा अधिवेशनमा पेश भएको प्रस्ताव त्यो अधिवेशनमा अघि बढेन भने अर्को अधिवेशनमा फेरि ल्याउनुपर्ने भएपनि एमसीसीमा त्यसो नगरिएको उनले बताए ।

उनले अघि भने, ‘मृत प्रस्तावलाई तथाकथित रुपमा ब्यूँताएर सभामुखले असंवैधानिक र गैर कानुनी काम गराउनुभयो ।’

आज मसीसी सदनबाट पास भईसकेपछी एमालेले आफ्नो धारणा पत्रकार सम्मेलन मार्फत राखेको हो ।

एमालेले एमसीसी संसदबाट अनुमोदन भइसकेकाले अब कार्यान्वयनमा जानुपर्ने बताएको छ । ‘एमसीसी परियोजनासम्बन्धी सम्झौता संसदबाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हित प्रतिकूलन हुने गरी यसको कार्यान्वयन हुनुपर्दछ । पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ’ अध्यक्ष ओलीले भनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा