शनिबार, साउन ३० २०८३
ताजा अपडेट

हिन्दुराज्य ढुंगाको अक्षरमा हटाइएकै हो भने शिवरात्रीको परेड प्रदर्शन रोकेर देखाऊन मुकुन्देको चुनौती !


  • मंगलबार, फाल्गुन १७ २०७८
12.1K
SHARES

फाइल तस्विर

यदि साँच्चै डुङ्गाको अक्षर हिन्दु राज्य हटाइएकै हो भने शिवरात्रिको परेड प्रदर्शन र नवरात्रीको राजकीय फूलपाती बढाइँ रोकेर देखाउन मुकुन्देले चुनौती दिएका छन् ।

आफूलाई दार्शनिक बताउने मुकुन्दे समाजिक सञ्जाल मार्फत धारणा राख्दै थप्छन् “लामो दशैँ छुट्टी र भत्ता काटेर देखाऊ, गैह्र हिन्दु समुदायबाट राष्ट्रपति बनाएर देखाऊ, राष्ट्रिय सेनाको प्रतीक चिन्ह त्रिशूल डमरु फेरेर त के छोएर मात्र देखाऊ” भन्दै नेपाल हिन्दु राज्य नै भएको तर्फ सङ्केत गरेका छन् ।

विभिन्न परिस्थितिमा राजनीतिक घटनाक्रमको खरो रूपमा विश्लेषण गरेर सामाजिक सञ्जालमा आफ्नो पहिचान बनाएका मुकुन्दे नेपाल हिन्दु राज्य नै भएको दाबी गर्दै आएका छन् । सामाजिक सञ्जालहरूमा मुकुन्दे खुब पढिन्छन् हेरिन्छन् ।

आफ्नै किसिमको राजनीतिक भविष्यवाणी र टिप्पणीका कारण मुकुन्दे अहिले सामाजिक सञ्जालमा चर्चित मानिन्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा