अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पारित भइसकेपछि बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
पार्टीको धारणा सार्वजनिक गर्न आज दिउँसो १ बजे भक्तपुरको गठ्ठाघरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा पार्टीको आधिकारिक धारणाहरू सार्वजनिक गर्ने नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
यही फागुन ८ गते प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता ब्याख्यात्मक घोषणासहित फागुन १५ गतेको बैठकबाट अनुमोदन भएको थियो ।
त्यसअघि नै ओली नेतृत्वको सरकारको पालामा तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाले एमसीसी सम्झौता अनुमोदनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।
एमसीसी सम्झौता अनुमोदनको प्रक्रियामा नेकपा एमालेले भाग लिएको थिएन ।
पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई सभामुखले मान्यता नदिएको भन्दै बैठकमा नाराबाजी गर्दै आएको एमालेले एमसीसी अनुमोदनको दिन पनि त्यसलाई जारी राखेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।