गृहमन्त्री बालकृष्ण खाँण महाशिवरात्रीको दिन पशुपतिनाथ मन्दिर पुगेका छन् । उनी पशुपतिनाथ मन्दिरमा पूजा गर्न गएको उनको सचिवालयले जनाएको छ ।
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई मिलाइएको पूजाको प्रवन्ध र सो क्षेत्रको सुरक्षा व्यवस्थाबारेसमेत उनले जानकारी लिएका थिए ।
पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो छ । देशभरका विभिन्न भागसहित छिमेकी देश भारतका तीर्थयात्री समेत पशुपतिनाथ मन्दिरमा आएका छन् ।विश्वभरका हिन्दू धर्मालम्वीहरु आज देवाधिदेव महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदैछन् ।
पशुपतिनाथसहित देशभरका शिवालयहरुमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गर्न बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिनलाई शिव प्रादुर्भाव भएको दिनको रुपमा मनाउने गरिन्छ ।
मध्यरातमा चतुर्दशी परेको दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । शिवको प्रादुर्भाव भएको रातलाई नै शिवरात्री भनिन्छ ।
शिवका रुद्र, भैरव, महादेव, महेश्वर, शंकरलगायत हजार नाम छन् । जसलाई शिव सहस्रनाम भनिन्छ । महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।
कोरोना महामारीले लगातार दुई वर्ष प्रभावित भएको शिवरात्री पर्वमा यसपटक भने पाशुपत क्षेत्रमा विशेष रौनक देखिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।