सुर्खेत – राष्ट्रघाती एनसीसी सम्झौता संसदबाट अनुमोदन गरेको भन्दै बिभिन्न पार्टीका कार्यालयहरू तोडफोड र आगजनी भएका छन् ।
बन्दकर्ताहरुले विभिन्न पार्टीका कार्यालयहरुमा तोडफोड र आगजनी गरेपछि कर्फ्यु आदेश जारी भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार अहिले राति सवा ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि आदेश जारी भएको हो ।
आदेश जारी भएसँगै प्रहरीले अहिले माइकिङ सुरु गरेको छ ।
यसअघि सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा बन्दकर्ताले आगजनी र तोडफेड गरेका थिए ।
एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका हुन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
बन्दकर्ताहरु उग्र बन्न थालेपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।