शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कांग्रेस प्रवक्ता महत भन्छन्– चुनावमा पनि गठबन्धन कायम हुन्छ


  • सोमबार, फाल्गुन १६ २०७८
9.9K
SHARES

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन चुनावी तालमेलसम्म पुग्ने बताएका छन् । एमसीसी पारित भएपछि पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेका महतले सत्ता गठबन्धन चुनावी तालमेलसम्मै जाने दाबी गरेका हुन् ।

उनले निर्वाचनपछि वा निर्वाचनअघि गठबन्धन गर्नुपर्ने नेपालको संविधान र निर्वाचन प्रणालीको बाध्यता भन्दै चुनावमा पनि वर्तमान गठबन्धनबीच नै तालमेल हुने बताएका हुन् ।

पाँच दलीय सत्ता गठबन्धनबाट एक सांसद रहेको राष्ट्रिय जनमोर्चा बाहिरिएकै दिन सरकारको नेतृत्व गरिरहेका कांग्रेसका प्रवक्ताले भने निर्वाचनसम्मै गठबन्धनलाई निरन्तरता दिने बताएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा