शनिबार, असार १८ २०७९
ताजा अपडेट

एमसीसी प्रकरण : नारानकाजीलाई प्रचण्डको घुमाउरो सन्देश, पार्टी छोडे नै पनि कसैले रोकेको छैन !


  • KTM Khabar
  • सोमबार, फाल्गुन १६ २०७८
2.2K
SHARES

फाइल तस्विर

सदनबाट एमसीसी पास भएपछी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पार्टी भित्र नेता नारायणकाजी श्रेष्ठ लगायत नेता असन्तुष्टी भएका बेला प्रचण्डले एमसीसीलाई लिएर भावुक नहुन पार्टीका नेताहरुलाई आग्रह गरेका छन् ।

यद्यपि कसैले महाकाली सन्धिपछि नेकपा एमालेका नेता वामदेव गौतमले जस्तो बाटो रोजे आफूले रोक्न नसक्ने बताउदै आफ्नै पार्टीका असन्तुस्ट रहेका नेता नारायणकाजी श्रेष्ठलाई पार्टी छोडेरै गए पनि कसैले नरोकेको सन्देश दिन खोजेका छन् ।

व्याख्यात्मक घोषणासहित एमसीसी पास गरेकोमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् । प्रचण्डका अनुसार पार्टीमा भएको छलफलका क्रममा श्रेष्ठलाई आफ्नो विचार केन्द्रीय समितिमा व्यवस्थित रुपमा राख्न, तर अहिले बाहिर नलैजान आग्रह गरेको बताए ।

तर नेता श्रेष्ठले आफ्नो असन्तुष्टि सार्वजनिक गरेको भन्दै प्रचण्डले भने, ‘यो भनेपछि भएभरका कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नुभयो होला । जनता ह्वारर मतिर आउँछन् भन्ने ठान्नुभयो होला ।’

यदि एमसीसीको विरोध गर्दा भोट आउने भए सबै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालतिर लाग्नुपर्ने भन्दै उनले भने, ‘त्यस्तो हुँदैन ।’ भन्दै महाकालीमा राष्ट्रघात भयो भनेर वामदेवले एमालेको करिव आधा केन्द्रीय नेताहरु लिएर नेकपा माले बनाएको तर त्यसपछिको चुनावमा एक सिट पनि जित्न नसकेको स्मरण गराउदै बामदेवकै हालत हुने भए पार्टी छोडेर जादा कसैले नरोकेको सन्देश दिएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा