आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

रोस्टममा गगन थापा बोल्दै गर्दा फ्लोरबाट के भन्दै थिए रावल ?


  • सोमबार, फाल्गुन १६ २०७८
17.2K
SHARES

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापा आइतबार प्रतिनिधिसभा बैठकमा आक्रामक रुपमा प्रस्तुत भए । उनी रोस्टमबाट अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रहितको पक्षमा भएको बताउँदैथिए ।

बोल्दै जाँदा एमसीसीको बचाउ गर्दै राष्ट्रघाती सावित भए आफूलाई चारपाटा मुडेर थानकोट कटाउनसमेत भन्न भ्याए ।

भाषणका क्रममा थापाको निशानामा परेका थिए, एमाले नेता भीम रावल । जो विगतदेखि एमसीसीका मुख्य आलोचकका रूपमा चिनिन्छन् । हिजो पनि संसदमा बोल्दै रावलले एमसीसी पारित गर्नेहरूलाई ‘राष्ट्रिय गद्दार’ को संज्ञा दिएका थिए ।

साथै, उनले एमसीसीका पक्षधरहरूलाई आफूसँग बहसमा आउन चुनौतीसमेत दिए ।

रावलले भनेका थिए, ‘म चुनौती दिन्छु । एमसीसी पारित गर्न चाहने को विद्वान, को यो सरकारका सल्लाहकार हुनुहुन्छ, बहसमा आउनुस् । मैले सम्झौताका प्रत्येक धारा, दफाहरू जस्ताको तस्तै यहाँ ल्याएको छु । के मलाई (बहसका लागि) समय दिइन्छ ? हतार–हतार पारित गर्न खोज्नु भनेको नेपालको स्वाधिनताको विरुद्ध नांगो षड्यन्त्र हो ।’

आफ्नो सम्बोधनमा गगनले रावललाई कडा जवाफ फर्काए ।

‘तपाईंको चुनौती म स्वीकार गर्छु । सडकमा बहस गर्ने कि संसदमा ? अछाममा गर्ने कि काठमाडौंमा स्वीकार्य छ । यो सम्झौताको कारणले कहिँ कतै देशको स्वाधीनता तलमाथि हुन गयो भने मलाई थानकोट कटाइयोस् । नागरिकता खोसियोस् । चारपाटे मुडियोस् । माननीयहरू तयार हो ?’, गगनले भनेका थिए ।

गगनले यसरी उत्तेजक भाषण गरिरहँदा रावल पनि आक्रोशित देखिएका थिए । उनले कुर्सीमा बसिबसी औंला ठड्याउँदै गगनलाई केही जवाफ दिइरहेको टेलिभिजनमा देखियो, तर आवाज सुनिएन ।

त्यसबेला उनी के भन्दै थिए भन्ने धेरैले कौतुहलको विषय बन्यो । खासमा उनले कुर्सीबाट ‘धेरै ठूला कुरा किन गर्नुहुन्छ, यही संसदमा तिमीहरूले जम्मा तीन मिनेट बोल्न दिएर हतारहतार पास गर्न खोजिरहेका छौ, यहीँ बहस गरौं’ भनेको बताएका छन् ।

नेपाल प्रेससँगको अन्तरवार्ता रावलले बहस खुल्ला गर भनेको हो बताएका छन् । उनल भनेका छन्, ‘म सम्पूर्ण तथ्यहरू ल्याएर यहीँ पेस गर्न तयार छु । संसदमा बहस गर्न नदिएर ठूल्ठूला कुरा गर्ने ? मैले भनेको यही थियो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा