शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

काठमाडौंमा ४ आना जग्गा र सोही ठाउँमा एक तले घर बनाउँदा कति खर्च लाग्छ ?


  • सोमबार, फाल्गुन १६ २०७८
49.2K
SHARES

फोटो : गुगलको साहायतामा सङ्केत स्वरूप

घर बनाउने त्यो पनि काठमाडौंमा सबैको चाहाना हुन्छ । सहर पसेको हरेक व्यक्ति काठमाडौँमा जग्गा जोडेर एउटा सानो भए पनि घर निर्माण गर्न चाहन्छ ।

सबै समानको भाउ आकासिएको अवस्था छ । सामान्य मान्छे वा सामान्य कमाइले जग्गा काठमाडौँ महानगर भित्र जोड्न मुस्किल भइसकेको अवस्था छ । पैसा नै भए पनि महानगरमा जग्गा पाउन नै मुस्किल छ । प्राय ठाउँहरू भरिभराउ भईसकेका छन् । महानगर भित्र आनाकै ५० लाख देखि सुरु भएर करोडौँ प्रतिआना भन्छन् । तर आज महानगर भन्दा अलि टाढा १०-१५ किलोमिटर आसपासको चर्चा गर्दै छौँ ।

काठमाडौँ जिल्ला भित्रै तर महानगर पालिकाबाट बाहिर घर बनाउने हो भने जग्गाको मूल्य ठाउँ अनुसार फरक फरक छन् । आनाको १०-१५ लाख देखि आनाको ५० -६० लाख सम्म जग्गाको मूल्य पर्न आउँछ । सामान्य मान्छेले आफ्नो जिइबिको उपार्जन गर्नको लागि बनाउने घर लगभग २० देखि २५ लाख प्रति आना तिर्ने हो भने राम्रै जग्गा आउँछन् ।

४ आना जग्गा १२-१३ फुटको बाटोमा महानगरबाट १०-१२ किलोमिटरको दुरीमा १५-२० लाख प्रतिआनामा पाउन आजको दिन सम्म सकिदैँछ ।  तर आजको भोलि जग्गाको रेट फरक पर्छ । २० लाख आनाको हिसाबले ४ आनाको ८० लाख त्यसै पर्ने भयो । पास खर्च-सर्च गर्दा ८२ -८५ लाखमा ४ आना खरिद गर्दै सकिन्छ ।

४ आनामा एक तले घर बनाउन अनुमानित कति खर्च लाग्छ ?

घरमा बनाउने कुरा ठ्याक्कै पैसा भनेर भन्न सकिँदैन । तपाईँले कस्तो बनाउनु हुन्छ । कस्तो डेकोरेसन गर्नुहुन्छ भन्नेमा निर्भर रहन्छ । घर निर्माण गर्ने क्रममा बजारमा भएको मूल्य वृद्धिले पनि धेरै फरक पार्न सक्छ । आजको भोलि मूल्य वृद्धिको असर घर बनाउने क्रममा पर्न जान्छ ।

पछिल्लो समय घर निर्माणका लागि आवश्यक डण्डी-छड, बालुवा, इट्टालगायत रङ रोगनको सामग्रीको मूल्य पनि अत्यधिक बढेको छ । त्यसैले अहिले चार आनाको जग्गामा एक तलाको घर निर्माण गर्न सामान्य घर बनाई सकेका मान्छे भन्छन् ३० देखि ४० लाख सम्म खर्च हुने गर्छ ।

चार आना क्षेत्रफलको घडेरीमा करिब १ हजार स्क्वायर फिटमा फैलिएको एक तलाको चारकोठे   मध्यमस्तरको घर बनाउँदा प्रतिस्क्वायर फिट ३२ सय रुपैयाँ हाराहारी लागत पर्न आउँछ । यो भनेको करिब ३२ लाख रुपैयाँमा एक तले घर तयार हुने भयो ।

जनकारहरूका अनुसार सामान्यतया ४ आना जग्गामा घर ठड्याउने भनेको करिब एक हजार स्क्वायर फिट क्षेत्रफलको हो । क्षेत्रफलमा ११ फिट बाई १३ फिटका तीन वटा कोठा, १३ फिट बाई १५ फिटको लिभिङ रुम र ७ फिट बाई ५ फिटको एउटा बाथरुम तयार हुन्छ । जति भव्य बनाउनु हुन्छ त्यति नै बढी मूल्य पर्छ । अनुमानित ३० लाख देख ३५ लाख सम्म चार आनामा एक तले घर बनाउन सकिन्छ ।

अनुमानित रूपमा हामी यो भन्न सक्छौ जग्गा ४ आना त्यो पनि काठमाडौँ महानगर भन्दा अलि पर गएर किन्दा २० लाख प्रति आनाले किन्नु भयो भने ४ आनाको ८० लाख अनि त्यही जग्गामा सामान्य किसिमको  एक तले घर बनाउने रकम ३५ लाख यसमा २-५ लाख तलमाथि हुन सक्छ । चार आना जग्गा र एक तलाको घरको मूल्य जोड्दा १ करोड १५ लाख सम्ममा तपाईँको काठमाण्डौमा घर बनाउने सपना आजका मिति सम्म पुरा हुन सक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा