संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।
नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । उक्त शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक खोल्ने तयारी गरिएको छ ।
नयाँ बानेश्वरको मूल सडकमा शंकास्पद रुपमा छाडिएको कुकर फेला परेको थियो ।
संसद् भवन नजिकैको घुम्तीमा शंकास्पद कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेको थियो । एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिस्ट घटकले आज नेपाल बन्दको आव्हन गरेका छन् ।
मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएको प्रहरीले जनाएको छ । सीसीटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यता काभ्रेको बनेपामा पनि आज बिहान फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।