शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रचण्डले खुमलटारमा पत्रकार सम्मेलन गर्दै


  • सोमबार, फाल्गुन १६ २०७८
10.5K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार पत्रकार सम्मेलन गर्ने भएका छन् । एमसीसीबारेको व्याख्यात्मक घोषणा स्वीकार गर्ने निर्णयपछि पार्टीभित्रै समीकरण मिलाउन प्रचण्डलाई सकस परेको छ ।

यस्तो पृष्ठभूमिमा एमसीसीबारे स्पष्ट पार्न प्रचण्डले पत्रकार सम्मेलन राखेको बताइएको छ । प्रचण्डको सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे खुमलटारस्थित निवासमै पत्रकार सम्मेलन राखिएको हो ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले  एमसीसी स्वीकार गर्ने निर्णय गर्दा पार्टीका नेता नारायणकाजी श्रेष्ठसहितका आधा दर्जन नेताहरुले चर्को असन्तुष्टि जनाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा