राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीबारेको व्याख्यात्मक घोषणा अस्वीकार्य रहेको बताएका छन् । केही सञ्चारमाध्यममा आफूले सो घोषणालाई सकारात्मक बताएको’ भनि आएको समाचारप्रति उनले असन्तुष्टि समेत जनाएको छ ।
‘एमसीसी सम्झौताको व्याख्यात्मक प्रस्तावलाई सकारात्मक भनेर कुनै पनि प्रकारको विचार मैले प्रकट गरेको छैन’, उनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ एमसीसीका विरुद्ध राष्ट्रिय जनमोर्चाले शुरुदेखि नै विरोध तथा संघर्ष गर्दै आएको कुरा सबैलाई जगजाहेर नै छ ।’
उनले आइतबार संसदभित्र समेत राष्ट्रिय जनमोर्चाका सांसदले एमसीसी सम्झौता र राष्ट्रलाई गुमराहमा पार्न ल्याइएको सम्झौताको व्याख्यात्मक प्रस्तावको कडा विरोध गरेको उल्लेख गर्दै त्यसको विपक्षमा नै मतदान गरेको स्पष्ट गरेका छन् ।
उनले एमसीसी र व्याख्यात्मक प्रस्तावको आफू र पार्टी दृढरुपमा विरुद्धमा रहेको प्रष्ट गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।