नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा भवनको पश्चिम गेटनजिक शंकास्पद वस्तु (बम) फेला परेको छ।
प्रहरीका अनुसार सोमबार ११ बजे प्रेसर कुकर भेटिएको हो। उक्त वस्तु बम भएको आशंकामा डिस्पोज गर्ने तयारी भइरहेको छ।
‘दक्षिण गेट अगाडि सडक नो एमसिसी लेखेको प्रेसर कुकरमा फेला परेको छ, शंकास्पद वस्तु भएकाले बमको आशंका गरिएको छ । उक्त शंकास्पद वस्तुलाई निष्कृय पार्न नेपाली सेनाको टोली बोलाइएको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित भएको विरोधमा विभिन्न राजनीतिक पार्टीले आह्वान गरेको बन्दका क्रममा सो वस्तु फेला परेको हो। प्रेसर कुकुर जस्तो देखिने शंकास्पद वस्तुमा एमसीसी लेखिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।