रत्नपार्कबाट उदाएका मुकुन्द घिमिरे उर्फ मुकुन्दे पहिले देखिनै एमसीसीको पक्षमा सामाजिक सञ्जालमा वकालत गर्थे । कतिले एमसीसी आउँछ सदनबाट पास हुन्छ भन्दै गर्दा मुकुन्देलाई पागलको संज्ञा दिन्थे ।
मुकुन्देले आफूले आफैलाई दार्शनिक बताउने गर्छन् । आफ्नै किसिमको राजनीतिक भविष्यवाणी र टिप्पणीका कारण मुकुन्दे अहिले सामाजिक सञ्जालमा चर्चित मानिन्छन् ।
पहिले देखिनै एमसीसीको पक्षमा देखिने मुकुन्दे एमसीसी सदनबाट पास भएपछि सामाजिक सञ्जालमा खुसी देखिएका छन् । उनी व्यङ्ग्यात्मक शैलीमा लेख्छन् , “एमसीसी सर्वसम्मतिले पास भो,विकास अघि बढ्ने आस भो। सडकछापे विरोध चैँ केराको,बेकार टाउको फुटेछ भेडाको ” भन्दै आन्दोलन गर्नेलाई ब्यङग्य समेत गरेका छन् ।
०३५ सालमा भोजपुरमा जन्मिएका मुकु्न्दे ‘भोजपुरमा मोइ खाएर काठमाडौंमा पिसाब फेर्न आउने’ नेपाल देख्न चाहन्छन् ।
बुढेसकालसम्ममा कार्यकारी राष्ट्रपति बनेर मुलुकको अनुहार फेर्ने महत्वकांक्षा सुनाउने मुकुन्देलाई धेरैले पागल ठान्छन् । तर, उनी भने आाफूलाई राजनीतिक विश्लेषक भएको दाबी गर्छन् ।
‘उत्कृष्ट श्रेणीका विद्यार्थी प्राविधिक डक्टर इन्जिनियर जाने । बल्लतल्ल पास हुनेहरु कर्मचारीतन्त्रमा हालिमुहाली गर्ने । र, फेल हुनेहरु राजनीतिमा लागेकाले देश बिग्रिएको हो । देश बनाउन मास्टर माइन्डहरु राजनीतिमा लाग्नुपर्छ भनेर नै म राजनीतिमा लागेको हुँ ।’ भन्ने मुकुन्दे समाजिक संजालमा धेरै पढिने मध्यमा पर्छन ।
०५५ सालमा ६९ प्रतिशत ल्याएर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानबाट ओभरसियर पास गरेका अब्बल बिद्यार्थि हुन् मुकुन्दे । धेरैले पागल भने पनि उनी पागल भने हैनन् । उनी आफुलाई दार्शनिक बताउने गर्छन ।