शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रचण्डलाई विश्वास गरौँ, देश सँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छ : सचिवालय


  • सोमबार, फाल्गुन १६ २०७८
12.8K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले देश सँगै पार्टी गम्भीर दुर्घटनाबाट बचेको बताएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डकी स्वकीय सचिव गङ्गा दाहाले सो कुरा बत्ताएकी हुन् ।

हिजो अमेरिकन सहयोग परियोजना एमसीसी सांसदबाट अनुमोदन भएपछि उक्त भनाई आएको हो । दाहालले सामाजिक सञ्जालमार्फत नेतृत्वलाई विश्वास गर्न पनि आग्रह गरेकी छन् ।

देश र जनताको हितबाहेक नेतृत्वको अरू कुनै स्वार्थ नभएको उल्लेख गरेकी छन् ।दाहालले सामाजिक सञ्जालमार्फत नेतृत्वलाई विश्वास गर्न पनि आग्रह गरेकी छन् । देश र जनताको हितबाहेक नेतृत्वको अरू कुनै स्वार्थ नभएको उल्लेख गरेकी छन् ।

प्रचण्डको बचाउ गर्दै दाहाल फेसबुकमा लेख्छिन्, “प्रिय कमरेडहरु!! एमसिसिको सवालमा आज दिनभरको घटनाक्रमलाई मात्रै नियालेर गहिराई सम्म पुग्न सकिदैन। एकपटक सोचौं हाम्रो देश संगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छ। पार्टी नेतृत्वलाई बिस्वास गरौं किन भने देश र जनताको हित बाहेक नेतृत्वको अरु कुनै स्वार्थ छैन। धेरै विचार र विवेक पुर्याएर आजको यो निर्णयमा पुगिएको हो। संयमित भएर परिस्थितिको गाम्भिर्यतालाई बुझौं। नेता कार्यकर्ता तहमा नेतृत्वको बिरुद्ध केहि भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं । MCC लगायत बिकसित राजनितिक घटनाक्रमका बारेमा अध्यक्ष कमरेड प्रचण्डले बिशेष सम्बोधन गर्नुहुनेछ।” धन्यवाद!!


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा