एमसीसी पास हुन्छ की फेल हुन्छ ?भन्ने अन्यौल अब समाप्त भएको छ । परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँन बनेको गठबन्धनलेनै अन्तत एमसीसी पारित गराएको छ ।
गठबन्धन र सरकार छोड्न तयार छौँ तर कुनै पनि हातमा एमसीसी पारित गराउँन सहयोग गर्दैनौँ भनेको नेकपा माओवादी केन्द्र र नेकपा एसको नेतृत्व अन्तत एमसीसी पारित गराउँने लाइनमै उभियो र एमसीसी पास भएरै छोड्यो ।
कुनै पनि हालतमा एमसीसी पारित गराएरै छोड्ने लाइनमा लागेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनको कोर टिम बनेर खटिएका काग्रेस महामन्त्री गगन थापा लगायतको मिसन सफल भएको छ । व्याख्यात्मक घोषणाको नाममा प्रचण्ड र माधव पनि एमसीसीकै लाइनमा आइपुगेका छन् ।
नेपालको संसदले गरेका व्याख्यात्मक घोषणाको कुनै अन्तराष्ट्रिय कानुनी मान्यता नपाउँने कानुनविदहरुले बताएका छन् भने सत्तागठबन्धन दलकै नेता एवं पूर्व प्रधानमन्त्री डा बावुराम भट्टराईले व्याख्यात्मक घोषणा प्रचण्ड र माधव नेपालको लाज ढाक्ने पातलो लगौटी भनेका छन् भने काग्रेस नेता मिनेन्द्र रिजालले पनि प्रचण्ड र माधव नेपालको जुंगा जोगाइदिन मात्रै व्याख्यात्मक घोषणा गरिएको तर यसको कुनै औचित्य नभएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने एमसीसी मुछिनबाट जोगिएको छ । एमालेलाई पनि एमसीसीमा मुछ्न विशेष गरि नेपाली काग्रेसको नेतृत्वले निकै जोडबल गरे पनि एमाले अध्यक्ष केपी ओलीले रणनितीक रुपले उक्त प्रयासलाई असफल बनाइदिएका छन् ।
एमालेले आफ्ना राजनितीक मागहरु राख्दै लामो समय देखी संसद अवरोध गरिरहेको छ । एमसीसी सदनबाट अनुमोदन हुने दिन पनि एमाले सांसदहरुले घण्टौ सम्म हाम्रो आन्दोलन जारी छ भन्दै घोक्रो सुकाएर नाराबाजी गरिरहे ।
प्रधानमन्त्री देउवा एमसीसीमा एमालेको समर्थन पाउँन पटक पटक ओली निवास बालेकोट पुगे पनि एमाले नेतृत्व आफ्नो पूर्ववत अडानबाट टसमस भएन । सभामुख अग्नी सापकोटाको बहिर्गमन या माधव नेपाल सहितका १४ जना सांसदको पद खारेजी भन्दा अरु विकल्पमा कुनै कम्प्रमाइज नगर्ने एमालेको चट्टानी अडानकै कारण एमसीसीमा मुछिन बाट एमाले जोगिएको छ ।
नैतिक रुपमा एमसीसीको विरोधमा उत्रिन नमिले पनि एमाले अध्यक्ष ओलीले रणनितीक रुपमा एमालेलाई एमसीसीमा मुछ्न बाट जोगाएको चर्चा राजनितीक वृतमा चलेको छ । एक राजनितीक विश्लेषकले ओटिभि नेपाल डक कम सँगको कुराकानीमा ओलीले निकै चलाखी गरेर एमसीसीमा मुछिनबाट एमालेलाई जोगाएको बताएका छन् ।
ती विश्लेषकले ठोकुवा गरेर ओटिभी नेपालसँग गरेको दाबी अनुसार एमालेलाई एमसीसीमा मुछ्न नसके चुनावमा नमिठो पराजय बेहोर्नु पर्ने हिसाब निकालेरनै काग्रेस नेताहरुले बालकोट दौडाह गरेका थिए ओलीले बढो चातुर्यताका साथ काग्रेसको मास्टर प्लान विफल बनाइदिएका छन् ।
देशभरका एमाले कार्यकर्ताहरुले एमसीसीको पक्षमा नलाग्न पटक पटक पार्टी नेतृत्वलाई खबरदारी गरिरहेका थिए । ओलीले पटक पटक सार्वजनिक मंचबाट देश हित विपरितको कुनै पनि कुरामा एमाले नलाग्ने बताउँदै आएका थिए ।
एमसीसी पारित गराउँन सत्तागबठन्धनमै बहुमत भएको र यो एमालेको चासोको बिषय नभएको भन्दै अडान राख्दै आएको एमाले आफ्नो अडानमा कायम रहँदा एमाले कार्ड खेलेरनै प्रधानमन्त्री देउवाले प्रचण्ड र माधव नेपाललाई गलाएर एमसीसी पारित गराएका छन् ।
एमाले अध्यक्ष ओलीले केहि दिन अघि मात्रै एमालेलाई खुत्रुके नसम्झन गठबन्धन दलका नेतालाई चेतावनी दिएका थिए । जसलाई जति बेला मन लाग्यो त्यति बेला फुटाएर काम चलाउँने खुत्रेके एमालेलाई नसम्झन उनले सचेत गराएका थिए । एमाले र काग्रेस मिलेर एमसीसी पास गराँउछन् भन्ने व्यापक हल्लालाई ओलीले गलत सावित गराइदिएका छन् ।