शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

एमसीसी अनुमोदन विरुद्धको बन्दको प्रभाव शैक्षिक क्षेत्र बाहेक अन्यत्र नगन्य


  • सोमबार, फाल्गुन १६ २०७८
8.6K
SHARES

फाइल तस्विर

प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन गरेको विरोधमा ६ कम्युनिष्ट संगठन र २ मोर्चाले आज साेमबार गरेको नेपाल बन्दको प्रभाव राजधानीमा निकै कम परेको छ ।

बन्दकर्ताले एकाविहानै सुकेधारामा दूधको ट्यांकर तोडफोड गरेका छन् भने कलंकीमा लामो दूरीका ३ वटा बसमा तोडफोड गरेका छन् ।

बन्द गराउदै हिँडेका ६ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । विद्यालय तथा कलेजहरु भने बन्द रहेका छन् । राजधानीमा सार्वजनिक तथा निजी सवारी सामान्य रुपमा चलेका छन् भने बजारमा पनि कुनै प्रभाव देखिएको छैन ।

काठमाडौंबाट बाहिर जाने लामो दूरीका यातायातका साधन भने अन्य दिनको तुलनामा कम चलेको ट्राफिक प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले नेपाल बन्द आह्वान गरेका हुन् ।

राजधानी बाहिर पनि छिटफुट प्रभाव देखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा