शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

आईपीओ भर्ने म्याद थपियो


  • सोमबार, फाल्गुन १६ २०७८
8.9K
SHARES

आईपीओ

काठमाडौँ – भर्खरै साधारण सेयर निष्काशन आईपीओ जारी गरेको एक कम्पनीको आवेदन दिने म्याद थपिएको छ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावितहरुका लागि बिक्रि खुला गरेको आईपीओमा आवेदन दिने म्याद थपिएको हो ।

कम्पनीले यस अघि आईपिओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा अब म्याद थप गरि फागुन २३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

कम्पनीले फागुन २ गतेदेखि साधारण सेयर आईपिओ बिकी खुला गरेको हो। कम्पनीले आयोजना प्रभावित ओखलढुंगा र रामेछापवासीहरुका लागि साधारण सेयर निष्काशन गरेको हो।

कम्पनीले प्रति शेयर अंकित मुल्य रु. १०० दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावितलाई निष्काशन गरेको हो ।

यस आईपिओमा आयोजना प्रभावित क्षेत्र (खिजिदेम्बा गाउँपालिका–१ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका २ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका ३ (साविक खिजीचण्डेश्वरी गा.वि.स.), ओखलढुङ्गा, लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), ओखलढुङ्गा, लिखु तामाकोशी गाउँपालिका १ (साविक दुरागाउँ गाविस), रामेछाप, लिखु तामाकोशी गाउँपालिका २ (साविक सैपु गाविस), रामेछाप र उमाकुण्ड गाउँपालिका ७ (साविक भुजि गाविस) रामेछाप) मा स्थाई बसोबास गर्ने नेपाली नागरिकहरुले मात्र आवेदन दिन सक्ने छन्।

आवेदन दिंदा न्युनतम १० र अधिकतम ५०,००० कित्ताको लागि आबेदन दिन सकिने छ। कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ।

कम्पनीले आयोजना प्रभावितलाई आइपीओ निष्काशन गरे पश्चात सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नेछ।

त्यसपछि कम्पनीको सेयर संरचना ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको हुनेछ भने चुक्तापुंजी ३ अर्ब १२ करोड पुग्नेछ।

कम्पनीले ओखलढुंगामा ५२।४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा