रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक प्रतिरक्षा फौजलाई उच्च सतर्कतामा राखेका छन् ।
नाटो सम्वद्ध देशहरुले रुसविरुद्ध सैन्य कदम चाल्नसक्ने संकेतहरु गरेपछि पुटिनले आणविक हतियार सम्वद्ध फौजलाई उच्च सतर्कतामा राखेका हुन् ।
समाचार एजेन्सी रोयटर्सले पुटिनले नाटोको पछिल्लो विज्ञप्तिपछि पुटिनले पछिल्लो तयारी गरेको जनाएको छ । आणविक फौजलाई उच्च सतर्कतामा राख्ने निर्देशन दिंदा पुटिनले सैनिक प्रमुखहरुलाई नजिकै राखेका थिए ।
पुटिनले हमलाको निर्देशन दिएको चौंथो दिन युक्रेनका मुख्य शहरहरुमा रुसी सैनिक पसेका छन् । राजधानी किभ र दोस्रो ठूलो शहर खारखिभमा पनि रुसी फौज पसेका छन् ।
युक्रेनका मुख्य शहरहरुमा रुसले बम हमला गरिरहेको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले देखाइरहेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।