एमसीसी संसदबाट पारित गर्नका लागि आइतबार साँझ साढे ६ बजेपछि प्रतिनिधि सभाको अर्को बैठक बोलाइएको छ । उक्त बैठकमा एमसीसी सम्झौता पारित गर्न मतदान हुनेछ ।
एमसीसीको मतदान प्रकृयामा सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भाग नलिने भएका छन् । उनले मतदान प्रकृयामा आफू सहभागी नहुने बताएका छन् ।
आइतबार नै बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको थियो ।
नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी अनुमोदन गरिए देशले युक्रेनको जस्तै दुःखद अवस्था भोग्नुपर्ने चेतावनी दिएका छन् ।
संसदमा प्रस्तुत भएको एमसीसीमाथि आजबाट सुरु भएको छलफलमा सहभागी हुँदै नेता खनालले एमसीसीका कतिपय प्रावधानहरु नेपालको सार्वभौमिकतामाथि गम्भीर आघात पर्याउने खालका रहेकाले भविष्यमा नेपालले पनि युक्रेनकै जस्तो संकट भोग्ने खतरा रहेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले सम्बोधनका क्रममा भने– ‘हामीले एउटा स्वतन्त्र राष्ट्र युक्रेनको अवस्था देखिएरहेका छौं । एमसीसीका कतिपय प्रावधानहरुले कालान्तारमा हाम्रो देशलाई पनि सोही अवस्थामा पर्याउन सक्छ । त्यसैले यस्तो गम्भीर विषय संसदबाट अनुमोदन गर्न सकिन्न ।’
नेता खनालले संसदमा एमसीसी अनुमोदन गर्न नसकिने बताए पनि प्रतिनिधिसभाको बैठक अगाडि बसेको एकीकृत समाजावदीको बैठकलाई एमसीसीलाई व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरिसकेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।