शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

संसदमा गगनको गर्जन : एमसीसी संविधानभन्दा माथि भनेर हावा कुरा गर्ने ?


  • आइतबार, फाल्गुन १५ २०७८
13.6K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका सांसद गगन थापाले अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी नेपालको संविधानभन्दा माथि नभएको दाबी गर्दै संबिधान भन्दा माथि एमसीसी भएको भन्ने हावादी कुरा नगर्न भनेका छन् ।

आइतबार प्रतिनिधि सभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैं सांसद थापाले एमसीसी नेपालको संविधान भन्दा माथि छ भनेर हावा कुरा नगर्न पनि राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका हुन् । सबै दल र नेता एमसीसीमा चोखो नरहेको बताउदै गगनले भ्रमको खेती बन्द गर्न आब्हान समेत गरेका छन् ।

एमसीसी पनि विगतमा नेपालले अरु संझौता गरेजस्तै संझौता रहेको भन्दै नेपालको कानुनसंग संझौतामा भएको कुरा बाझिएमा त्यो लागू हुन नसक्ने उल्लेख गरे ।

तर अन्य राजनीतिक दलका नेताहरुले एमसीसी नेपालको संविधान भन्दा माथि रहेको भनेर झुट बोलेका थापाको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा