शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

६ मिनेटमै सकियो मन्त्रिपरिषद बैठक, एमसीसीको ब्याख्या ग्रहण


  • आइतबार, फाल्गुन १५ २०७८
15.5K
SHARES

फाइल तस्विर

सत्ता गठबन्धनको एमसीसीलाई व्याख्यात्मक घोषण सहित एमसीसीलाई सदनबाट अनुमोदन गर्ने निर्णय अनुरूप सदनको छलफल सकिए लगत्तै सदनमा भएको व्याख्यालाई मन्त्रिपरिषदले ग्रहण गर्नु पर्ने भएकोले मन्त्री परिषद् बैठक संसद् भवन भित्रै बसेको छ । 

मन्त्रिपरिषदको बैठक मात्र ६ मिनेट बसेर सकिएको छ ।

मन्त्रिपरिषदको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको व्याख्यात्मक घोषणा ग्रहण गरेको छ । संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेको हो ।

आज बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सैद्धान्तिक छलफल सकिएपछि बसेको मन्त्रिपरिषद बैठक व्याख्यात्मक घोषणा ग्रहण गरेको एक मन्त्रीले बताए ।

६ मिनेट बसेको बैठकले व्याख्यात्मक घोषणा ग्रहण गरेपछि आजै दोस्रो चरणमा बस्ने संसद बैठकबाट एमसीसीसँग त्यो पनि पारित हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा