शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमसीसीमाथिको सैद्धान्तिक छलफल बहुमतले पारित


  • आइतबार, फाल्गुन १५ २०७८
9.2K
SHARES

फाइल तस्विर

एमसीसीमाथि संसद्मा भएको सामान्य छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट सामान्य सैद्धान्तिक छलफल बहुमतले पारित भएको हो । फागुन ८ गते बसेको संसद् बैठकबाट एमसीसी परियोजना अनुमोदनका लागि टेबल भएको थियो ।

प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई आजै अनुमोदन गर्ने भएको छ । आइतबारको पहिलो चरणको बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ।

यसैबीच केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । संसद भवनमै बस्ने मन्त्रिपरिषद्को बैठकले एमसीसीबारेको व्याख्यात्मक घोषणालाई ग्रहण गर्नेछ ।

गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिने एक मन्त्रीले बताए । आजै बसेको गठबन्धनको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा