नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १११ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ९ हजार ७१० जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार ६४८६ पिसिआर परीक्षणबाट र ३२२४ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा ४१५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित छन्।
यस्तै काठमाडौं उपत्यकामा ३६ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३०, भक्तपुरमा ३ र ललितपुरमा ३ जना गरी ३६ संक्रमित छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।