शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमसीसीलाई अनावश्यक रूपमा गिजोलियो,यसमा आपत्तिजनक केही पनि छैन : बाबुराम भट्टराई


  • आइतबार, फाल्गुन १५ २०७८
13K
SHARES

फाइल तस्विर

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको बताए ।

गाउँघरमा पनि साहुसँग ऋण लिँदा तमसुकको भाषाले घोच्ने भन्दै भट्टराईले एमसीसी सम्झौतामा पनि केही घोच्ने भाषा रहेको स्वीकार गरे । ‘तमसुकको भाषाले घोच्छ, यसमा (एमसीसी) पनि घोच्ने कुरा छन्, ती कुरालाई मत्थर पार्न पाए हुन्थ्यो भन्ने लाग्छ तर त्यसमा आपत्ति मान्ने कुरा छैन’ उनले भने ।

अहिले एमसीसीको विरोधमा रहेका पूर्वप्रधानमन्त्रीका पालामा कुनै न कुनै रुपमा एमसीसी स्वीकार गरिएको भन्दै नेता भट्टराईले अहिले विरोध गर्नुको मात्र अर्थ नहुने बताए ।

‘कि त्यतिबेला गल्ती थियो भन्ने हिम्मत गर्नुपर्छ । गल्ती स्वीकार गरेर राजनीतिबाट सन्यास लिनुपर्छ’ उनले भने ।

आफू प्रधानमन्त्री हुँदा एमसीसी सहयोग सम्झौताका रुपमा आएको र आफूले स्वीकार गरेको नेता भट्टराईले बताए । ‘मेरो पालामा सहयोग सम्झौताका रुपमा आएको थियो । म जिम्मेवारी लिन्छु । यो ठीक छ, चाहिन्छ भनेकै हो’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा