शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

गठबन्धन र सभामुख जोगाउन एमसीसीको पक्षमा उभिए: प्रचण्ड


  • आइतबार, फाल्गुन १५ २०७८
9.9K
SHARES

फाइल तस्विर

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन र सभामुख जोगाउनका लागि अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० को पक्षमा उभिन बाध्य भएको बताएका छन् ।

आइतबार माओवादी संसदीय दलको बैठकमा सांसदहरूलाई गठबन्धन नजोगाए प्रतिपक्ष दल नेकपा एमाले हाबी हुने र संविधान खतरामा पर्ने भन्दै बाध्य भएर एमसीसीको पक्षमा उभिनुपरेको अध्यक्ष प्रचण्डले ब्रिफिङ दिए ।

अध्यक्ष प्रचण्डले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा आए माधव नेपालसहित १४ जनालाई कारबाही गर्ने र सभामुखलाई पनि पदबाट हटाउने बताए । त्यसैले गठबन्धन जोगाउनकै लागि भए पनि एमसीसीको पक्षमा उभिनुपर्ने अध्यक्ष प्रचण्डले सबैलाई आग्रह गरे ।

तर, माओवादीका आधा दर्जन नेताहरु भने एमसीसीको विपक्षमा उभिएर कुनै पनि अवस्थामा राष्ट्रघाती एमसीसी पास गर्न नहुने अडानमा छन् । माओवादी प्रवक्ता नाराणकाजी श्रेष्ठ, देव गुरुङ, कृष्णबहादुर महरालगायत नेताहरु एमसीसीको विपक्षमा छन् ।

प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘तपाईंहरूले देखिहाल्नुभयो गठबन्धन भत्काउन केपी ओलीले कति अग्रसरता देखाए । बालकोट र बालुवाटारको उठबस बाक्लियो । यसबाट हामीले संघर्ष गरेर बनाएको प्रतिगमनविरोधी गठबन्धन भत्किने, संविधान संकटमा पर्ने र केपी ओली फेरि हाबी हुने भए ।’

गठबन्धन पनि जोगिने र एमसीसी पनि समाधान हुनेगरी व्याख्यात्मकटिप्पणीको निर्णय भएको र यसलाई मन्त्रिपरिषद्ले पारित गरेर संसदमा लगिने उनले बताए । बैठकमा प्रचण्डले व्याख्यात्मक टिप्पणी पढेर सुनाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा