नेकपा एमालेका नेता भीम रावलले एमसीसीलाई समर्थन गर्ने जो कोही पनि राष्ट्रिय गद्दार भएको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै व्याख्यात्मक टिप्पणीबाट संशोधन हुन्छ भन्नु जनतलाई ठग्ने कुरा मात्रै भएको उनको भनाइ छ । जनताको अपमान गरेको र सम्झौता पारित गर्ने ‘गद्धार’ भएको उनले टिप्पणी गरेका हुन् ।
सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसी लाई व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णय गरेको छ । सत्ता साझेदार दल माओवादी र समाजवादीको व्याख्यात्मक विश्लेषण सहित पास गर्ने निर्णय गरे सँगै एमसीसी सांसदबाट अनुमोदन हुने बाटो तर्फ लागेको छ ।
अहिले संसद्मा एमसीसीको विषयमा सदनमा छलफल भइरहेको छ । विभिन्न पार्टीका नेताहरू छलफलमा भाग लिई रहेका छन् । एमाले नेता भीम रावल पनि पार्टीले नरा लगाइरहेको बखतमा समेत छलफलमा सहभागी भएर एमसीसीको पक्षमा मत हाल्नेहरु सबै राष्ट्रघाती भएको टिप्पणी गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।