अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा केहि समय अघि आत्मसमर्पण गरेको प्रहरीले बताएको छ । उनी हिजो राति नै तनँहु पुगेको बुझीएको छ ।
उनीविरुद्ध नाबालिगलाई बलात्कार गरेको जाहेरी परेको थियो ।
आजै बिहानमात्रै पलले आफैँ प्रहरीसमक्ष उपस्थित हुने घोषणा गरेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले स्वास्थ्य स्थिति बिग्रेको, घरव्यवहार मिलाउनु परेको र चलचित्र प्रदर्शन भइरहेको कारण समयमै प्रहरी समक्ष उपस्थित हुन नसकेको बताएका थिए ।
‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउछु-२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’ उनले भनेका छन् ।
एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबरजस्ती करणी गरेको अभियोग शाहमाथि छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।