एमसीसी सदनबाट व्याख्यात्मक टिप्पणी सहित पास गर्ने निर्णय गराएपछि प्रचण्डको पार्टी भित्रै विरोध सुरु भएको छ । एमसीसी प्रकरणमा प्रचण्डले माओवादीलाई काँग्रेस एमालेजस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याएको माओवादीका केन्द्रीय सदस्य नेता लेखनाथ न्यौपानेले बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत नेता न्यौपानेले सो कुरा सार्वजनिक गरेका हुन् ।
नेता न्यापानेले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय नै अवैधानिक रहेको समेत जनाएका छन् । पार्टीमा अध्यक्ष र केन्द्रीय समिति बाहेक कुनै संरचना नबनेको भन्दै एमसीसी जस्तो मुलुकलाई दिर्घकालीन असर पार्ने विषयममा अध्यक्षको एकल निर्णय मान्य नहुने समेत जनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैंठक पटक पटक स्थगित गरिएको छ । महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अवस्था छ । एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसी जस्तो मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर विषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई काँग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने र यसको मारमा देश, जनता, पार्टी र पार्टीका कार्यकर्ता पर्नु पर्ने । हालको नेकपा माओवादी केन्द्रमा केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अनधिकारिक हुँदैन । आज बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन । ‘
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।