शनिबार, साउन ३० २०८३
ताजा अपडेट

रुसी सेनाहरू युक्रेनको दोस्रो ठुलो शहरमा गरे प्रवेश, लडाइँ जारी


  • आइतबार, फाल्गुन १५ २०७८
8.5K
SHARES

photo: Agency

रुसी सेनाहरू युक्रेनको दोस्रो ठुलो शहर खार्किभमा प्रवेश गरेका छन् । रुसले आक्रमण गरेको आज चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताएका छन् । “रूसी शत्रुका गाडीहरु खार्किभ शहरमा प्रवेश गरे,“ ओलेग सिनेगुबोभले फेसबुक पोस्टमा बताएका हुन् ।

“युक्रेनी सशस्त्र बलहरूले शत्रुलाई नष्ट गर्दैछन्।“ उनले थप जानकारी दिएका छन् ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेका थिए ।

टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए ।

शनिबार बेलुकासम्ममा युक्रेन र रुसका बीचमा भएको भिडन्तका क्रममा तीन जना बालबालिकासहित कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको जनाइएको छ ।-एएफपी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा