शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमसीसी प्रकरणमा माओवादी गाईजात्रा : प्रचण्ड अनुमोदन गराउँदै, वाईसीएल विरोधमा सडक तताउँदै !


  • आइतबार, फाल्गुन १५ २०७८
11.5K
SHARES

फाइल तस्विर

अमेरिकी सहयोग परियोजना एमसीसीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले व्याख्यात्मक टिप्पणी सहित पास गराउने निर्णय गरिसकेको अवस्था छ । आज बिहान सत्ता गठबन्धनको बैठकले पनि एमसीसी व्याख्यात्मक टिप्पणीसहित पास गराउने निर्णय गरिसकेको छ ।

यसै बिच माओवादी सम्बद्ध भातृ सङ्गठन वाइसिएिल सडकमा विरोधमा प्रदर्शन गरिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवन बाहिर युवा संगठन वाईसीएलको झण्डा बोकेका उनीहरुले ‘एमसीसी राष्ट्रघाती’ भएको भन्दै केहीबेर नाराबाजी गरेका छन् ।

तर उनकै पार्टी नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका पाँच नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले भने विरोध जनाएका छन् ।

माओवादी बैठकलगत्तै बसेको सत्ता गठबन्धनको बैठकले पनि एमसीसीलाई आजै संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । एमसीसी विरुद्धको प्रदर्शनमा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, राप्रपाका कार्यकर्ताहरु समेत छन् । सत्त साझेदार समेत रहेको माओवादी र समाजवादीका कार्यकको बक्लो उपस्थितिमा बिरोध समेत हुदै आएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा