एजेन्सी, १५ फागुन। रुसले युक्रेनको एक तेल भण्डारमा आक्रमण गरेको छ ।
उक्त आक्रमणपछि राजधानी किभमा विषालु धुवाँको जोखिम बढेकाले किभका बासिन्दालाई झ्याल नखोल्न आग्रह गरिएको बिबिसीले उल्लेख गरेको छ ।
रुसी क्षेप्यास्त्रले भासीलकीभको एउटा तेल डिपोमा आक्रमण गरेको त्यहाँका मेयरले बताएकी छन्। त्यसबाट विषाक्त धुवाँ निस्कने चिन्ता व्यक्त भएको छ । उनले त्यहाँ आगलागी भइरहेको बताएकी छन् । भिडिओ फुटेजहरूमा आकाशमा आगो दन्किरहेको देखिएको छ।
यसअघि संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्च अधिकारी (ओसीएचआर) ले उक्त हमलामा अहिलेसम्म युक्रेनका २ सय ४० जना हताहत भएको बताएका थिए।
जसमध्ये कम्तीमा ६४ जनाको ज्यान गएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।