पाँच दलीय सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणासहित आजै अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको छ ।
एमसीसी अनुमोदन हुनै सक्दैन भन्दै आएको प्रचण्ड नेतृत्वको एकीकृत माओवादी एमसीसीलाई व्याख्यात्मक तरिकाले पास गर्ने निर्णयमा पुगे सँगै एमसीसी आजै सदनबाट पारित हुने भएको हो ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
अहिलेकै अवस्थामा जस्ताको तस्तै एमसीसी अनुमोदन हुनै सक्दैन भन्दै आएका प्रचण्ड लगायत नेताहरू एमसीसीको पक्षमा देखिए सँगै आजै संसद्बाट एमसीसी अनुमोदन हुने भएको हो ।
सत्ता साझेदार माओवादीले व्याख्यात्मक टिप्पणी सहित एमसीसीलाई सदनबाट पास गराउने निर्णय गरेका थिए ।
अहिले एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ । सत्ता गठबन्धनको बैठकमा भाग लिएका समाजवादी अध्यक्ष माधव नेपाल पनि एमसीसीलाई व्याख्यात्मक तरिकाले पास गराउने लाईनै रहेको स्रोतको दाबी छ ।
सत्ता गठबन्धनको बैठकअघि आज बिहान बसेको नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।