सत्तारूढ नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरे सँगै अध्यक्ष प्रचण्ड एमसीसी पास गराउने लाइनमा देखिएका छन् । केही समय अगाडी सम्म एमसीसी जस्ताको तस्तै सदनबाट पास गराउन नसक्ने बताएका थिए ।
जस्ताको तस्तै एमसीसी सदनमा पेस भए पार्टीले विपक्षमा मत हाल्ने बताउने प्रचण्ड अहिले ब्यख्यात्मक टिप्पणी सहित एमसीसीलाई अनुमोदन गर्ने तर्फ अगाडि बढेका छन् ।
आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यको बैठकले एमसिसी पास गर्न निर्णय गरेको छ । सदनबाट आजै एमसीसी पास हुन सक्ने अनुमान समेत गरिएको छ।
माओवादी केन्द्रको व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णयसँगै संसद्मा टेबल भएको एमसिसी पारित हुने दिशामा गएको छ । हिजो सम्म एमसीसी पास हुनै सक्दैन भन्ने माओवादी पार्टी र नेतृत्व प्रचण्ड रातारात एमसीसीलाई पास गराउने लाइनमा देखिनुले सत्ता गठबन्धन नटुट्ने देखिएको छ।
एमसीसीकै कारण सत्ता गठबन्धन धरापमा परेका समाचार आई रहेका बेला एमसीसीको पक्षमा प्रचण्ड खुलेपछि गठबन्धन पनि बच्ने र एमसीसी पनि पास हुने अवस्था देखिएको हो ।
हिजो सम्म एमसीसीको विपक्षमा बिचार राख्दै आएका प्रचण्डले व्याख्यात्मक घोषणा मार्फत एमसीसी पास गराउनुका पछाडि सत्ताबाट बाहिर निस्कन नचाहनु र गठबन्धनलाई जोगाएरै चुनावमा भाग लिएर पार्टीको अस्तित्व कायम राख्नु नै प्रचण्डको रणनीति रहेको जानकारहरू बताउँछन् ।
एमसीसीकै कारण सत्ताबाहिर बसे जनतामा प्रचण्ड अनपपुलर बन्दै गएको र आगामी चुनावमा झनै कमजोर बन्ने भएका कारण पनि प्रचण्ड सत्तामा टिक्न चाहन्छन् ।
एमसिसीका कारण सत्तारूढ गठबन्धन नै भत्किने अवस्था बनेपछि दलहरूले व्याख्यात्मक घोषणा मार्फत् एमसिसीमा उठेका चासो सम्बोधन गर्ने बाटो खोजेका हुन्।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबिच शनिवार पनि एमसिसीबारे छलफल भएको थियो। यी दुई पार्टीका दोस्रो तहका नेताहरूले नै व्याख्यात्मक टिप्पणीसहितको प्रस्ताव पारित गर्न पार्टी नेतृत्वलाई सकारात्मक बनाएका हुन्।
माओवादी र समाजवादीले एमसीसीको पक्षमा सदनमा खुलेको खण्डमा सत्ता गठबन्धन पनि जोगिने र एमसीसी पनि पास हुने अवस्था छ ।