शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रचण्ड एमसीसीको पक्षमा, व्याख्यात्मक टिप्पणीसहित पास गर्ने माओवादी निर्णय


  • आइतबार, फाल्गुन १५ २०७८
10.8K
SHARES

फाइल तस्विर

सत्तारूढ प्रमुख घटक नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने निर्णय गरेको छ। यो निर्ण संगै प्रचण्ड एमसीसीको पक्षमा खुलेका छन् ।

आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यको बैठकले एमसिसी पास गर्न निर्णय गरेको स्रोतले बताएको छ।

अब संसद्मा टेबल भएको एमसीसी  पारित हुने दिशामा गएको छ। यसअघि माओवादी अध्यक्ष प्रचण्ड एमसीसीको पक्षमा खुल्न सकेका थिएनन् । आज बसेको बैठकले टिप्पणी सहित पास गर्ने निर्णय गरे सँगै एमसीसी पास हुने लगभग पक्का भएको छ।

एमसिसीका कारण सत्तारूढ गठबन्धन नै भत्किने अवस्था बनेपछि दलहरूले व्याख्यात्मक घोषणा मार्फत् एमसिसीमा उठेका चासो सम्बोधन गर्ने बाटो खोजेको बताईएको छ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच शनिबार पनि एमसिसीबारे छलफल भएको थियो। यी दुई पार्टीका दोस्रो तहका नेताहरूले नै व्याख्यात्मक टिप्पणीसहितको प्रस्ताव पारित गर्न पार्टी नेतृत्वलाई सकारात्मक बनाएका हुन्। माओवादी अध्यक्ष एमसीसीको पक्षमा खुले संगै सदनबाट एमसीसी पास हुने देखिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा