शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

पल शाहको गुहार : मलाई सबै मिलेर फसाइयो, बचाइदिनुस्


  • आइतबार, फाल्गुन १५ २०७८
12K
SHARES

फाइल तस्विर

काठमाडौं । नायक पल शाह अहिले चर्चा र विवादको शिखरमा छन् । नाबालिग गायिकाले शाहविरुद्ध जबरजस्तीकरणीको जाहेरी दिएपछि उनी विवादमा आएका हुन्। तनहु प्रहरीले पललाई पक्राउ गर्न खोजिरहेको छ। उनी अहिलेसम्म फरार रहेका छन्।

अभिनेता शाहलाई पक्राउ गर्न ५ प्रहरी टोली परितालन गरिएको बताइएको छ। उसो त पलले केही दिनअघि एक अडियो सार्वजनिक गर्दै आफूविरुद्ध षड्यन्त्र भएको बताएका थिए।

हालै एक मिडियासँग फोनमा वार्तामा उनले आफू निर्दोष रहेको बताएका छन् । उनले नेपालको कानुन नै गाह्रो रहेको समेत जानकारी दिए ।

नेपालको कानुन अनुसार चाहिँ एकदमै गाह्रो रहेछ। कुनै पनि महिलाले मलाई रेप भएको छ या मलाई यस्तो गर्नु भयो भनेर बोलेकै आधारमा पनि उजुरी हालेर पक्रिनु पर्ने अवस्था आएको रहेछ यहाँको नियम चाहिँ। यो चाहिँ सरासर झुटो हो हुन्छ नि पीडित एउटा पिडामा चाहिँ छोरी मान्छे मात्र हुँदैन जहिलेपनी, पिडामा पुरुष पनि हुनसक्छ।

म चाहिँ पिडामा छु अहिले, मलाई चाहिँ पिडामा पारिएको छ अहिले। कति कुराहरु बिचमा मैले बोल्न नमिल्ने अवस्था थियो उसको जिन्दगीको लागि। दर्शक महानुभाव तथा शुभचिन्तक साथीहरुमा म भन्न चाहन्छु कि मलाई चाहिँ यहाँ फसाइयो। हुन्छ नि सधैं महिलामात्र पिडामा पर्दैनन्, पुरुष पनि पिडामा पर्छन् यो चाहिँ बुझ्दिनु होला।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा