शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रुस ब्याक नहुने देखेपछि बाइडेन आए फममा, पुटिनमाथि नै लियो एक्सन


  • शनिबार, फाल्गुन १४ २०७८
14.2K
SHARES

फाइल तस्विर

एजेन्सी – युक्रेनमा आज तेस्रो दिन पनि रुसले आक्रमण गरिरहेको छ । युक्रेनको राजधानी किएभमा विस्फोटका घटना भइरहेका छन् । राजधानीमा अहिले विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको बीबीसीले जनाएको छ ।

युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, ईयू र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका छन् ।

अमेरिकी अर्थमन्त्रालयले औपचारिक रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभ्रोफविरुद्ध प्रतिबन्ध लगाएको छ ।

विदेशी सरकार प्रमुखलाई अमेरिकाले प्रतिबन्ध लगाउनु महत्त्वपूर्ण घटना मानिन्छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले शान्तिका लागि थप प्रयास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले युक्रेनमाथि आक्रमण गरेका रुसी फौजलाई ब्यारेकमा फर्किन आग्रह समेत गर्नुभएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा