आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

प्रचण्ड र माधव नेपाल लास्ट आवरमा यस्तो निर्णयमा पुग्लान् भनेर कसले पो सोचेको थियो होला र ?


  • शनिबार, फाल्गुन १४ २०७८
11.6K
SHARES

फाईल तस्बिर

काठमाडौं । सत्ता गठबन्धन टुट्न नदिने र एमसीसी पनि अनुमोदन गर्ने पक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पुगेका छन् ।

दुई नेताबीचको छलफलपछि प्रचण्डले एमसीसी सहमतिको बाटोबाट अगाडि बढ्ने र गठबन्धन पनि नटुट्ने बताएका छन् ।

प्रचण्डले पत्रकारको प्रश्नमा भने, ‘गठबन्धन टुट्दैन । एमसीसी पनि सहमतिको बाटोबाट अगाडि बढ्छ ।’ प्रचण्ड र नेपालले संकल्प प्रस्ताव पारित समेत गर्ने गरी निकास निकाल्ने भएका छन् ।

एमसीसीको अस्पष्ट विषयमा संसदमा एकपक्षीय घोषणाबाट संकल्प प्रस्ताव पारित गरी एमसीसी अनुमोदन पनि गराउने तयारी गरेका छन् ।

प्रचण्ड र माधव नेपालले निकासका लागि विकल्प तयार गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन नतोड्ने गरी रोक्किएका छन् । उनी आज साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको सूत्रसहित जाने तयारीमा थिए ।

बालकोटमा काँग्रेस नेताहरुले छलफल गरेपनि देउवा पुगेनन् । यसबाट नयाँ राजनीतिक घटना विकास भएको छ । देउवाले एमसीसी अनुमोदन गर्ने सहमति नगरे गठबन्धन तोड्ने चेतावनी दिएका थिए ।

त्यसपछि प्रचण्ड र माधव नेपाल लचिलो बनेका हुन् । यसअघि प्रचण्ड र माधव नेपालले एमसीसी अनुमोदन नगर्ने रणनीति बनाएका थिए । उनीहरुले पार्टीबाट निर्णय नै गराएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा