आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

माओवादि केन्द्रमा गयो अर्काे ठुलो पहिरो, प्रभावशाली नेता एमाले प्रबेश !


  • शनिबार, फाल्गुन १४ २०७८
7K
SHARES

फाइल तस्विर

नेकपा एमालेमा पछिल्लो समय कार्यकर्ता प्रबेश गर्नेको लर्काे नै लागेको छ । पार्टि बिभाजन पछि पनि कार्यकर्ताको एमाले प्रतिको मोह धेरै नै रहेको देख्न सकिन्छ ।

आजै नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षसहित ट्याम्के ट्याम्केमैयुङ गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण वडा कमिटी नै एमालेमा समाहित भएका छन् ।

शनिवार आयोजित कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष तथा माआवादीका जिल्ला सचिवालय सदस्य सुर्य नेपालसहित वडा कमिटीका सम्पूर्ण सदस्य एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा अन्य पार्टीका कार्यकर्ता समेत एमाले प्रवेश गरेका थिए ।

नवप्रवेशीलाई एमाले जिल्ला इन्चार्ज हरिवहादुर राई, जिल्ला अध्यक्ष शरण राई, गाउँपालिका अध्यक्ष धुर्वराज राई लगायतका नेताले स्वागत गरेका थिए ।

एमाले प्रवेश गर्नेमा वडाध्यक्ष नेपालसहित माओवादीका जिल्ला कमिटी सदस्य तथा निर्वाचित वडा सदस्य भगवान गिरी,टेकवहादुर सार्की,हेमराज राई लगायत सय भन्दा बढी एमालेमा प्रवेश गरेको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा