शनिबार, साउन ३० २०८३
ताजा अपडेट

रुसको ज्यादती देखेपछि अमेरिका पनि आयो फिल्डमा


  • शनिबार, फाल्गुन १४ २०७८
10.5K
SHARES

फाइल तस्विर

एजेन्सी – युक्रेनमा जारी रुसी आक्रमणको विश्वभर निन्दा भएको छ । रुसी सेना युक्रेनको राजधानी किएभमै पुगेर विस्फोट गराइरहेका छन् ।

राजधानीमा अहिले विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको बीबीसीले जनाएको छ ।

युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, ईयू र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका छन् ।

अमेरिकी अर्थमन्त्रालयले औपचारिक रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभ्रोफविरुद्ध प्रतिबन्ध लगाएको छ ।

विदेशी सरकार प्रमुखलाई अमेरिकाले प्रतिबन्ध लगाउनु महत्त्वपूर्ण घटना मानिन्छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले शान्तिका लागि थप प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले युक्रेनमाथि आक्रमण गरेका रुसी फौजलाई ब्यारेकमा फर्किन आग्रह समेत गरेका छन् । यसअघि अमेरिकाले रुसमाथि आर्थिक नाकाबन्दी लगाएको थियो ।

अमेरिकाले युक्रेनलाई सुरुमा शैन्य सहयोग समे गर्ने आश्वासन दिएको थियो । तर अहिले सम्म कुनै पनि शैन्य सहयोग गरेको छैन् ।

अमेरिकाले युक्रेनबाट आफ्ना नागरिकलाई फिर्ता बोलाएको छ । अमेरिकाले युक्रेनलाई उक्साएर भागेपछि अहिले युक्रेन संकटमा परेको छ ।

रुसले देश नै कब्जा गर्ने अवस्था आएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि युक्रेनी सेनालाई मोटिभेट प्रदान गर्न फिल्डमा उत्रिएका छन् ।

पश्चिमा राष्ट्रसँग सैन्य सहायता माग गर्दा अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्धको घोषणा बाहेक अरु केही पनि सहयोग नगरेपछि राष्ट्रपति जेलेन्स्की आफै युद्ध मैदानमा उत्रिएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा