एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी अनुमोदन हुन नसक्ने बताएका छन् । कैलालीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमसीसीबारे अमेरिकाले प्रष्ट पार्न खोजे पनि केही कुरामा अस्पष्टता रहेको बताए ।
‘अमेरिकीहरूको केही अभिव्यक्तिले गर्दाखेरी, यसैबीचमा सहायत नलिदाँखेरी नेपाललाई दबाव दिने टाइपबाट, धम्की दिने टाइपका शब्दहरू प्रयोग भए’ अध्यक्ष नेपालले भने, ‘यसले गर्दा झन आशंका बढाइदियो । शंका, उपशंका बढाइदिएको अवस्था छ ।’
नेकपा हुँदा बनेको कार्यदलले निकालेको आशंकाबारे अझै जवाफ नआएको उनले बताए । एमसीसी संशोधन नभएसम्म अनुमोदन गर्न नसकिने पार्टी निर्णयमा अडिग रहेको अध्यक्ष नेपालले बताए ।
‘हाम्रो पार्टीले यथास्थितिमा नै यो सम्झौतालाई हामी अनुमोदन गर्न सक्दैनौं भनेर भनिसकेको छ । यस अर्थमा यथास्थितिमा परिवर्तन गर्नका लागि के–के गर्न सकिएला ? भन्ने बारेमा पनि हामी छलफल चलाइरहेका छौं’, नेपालले भने ।
तर, नेकपा एमालेले भने अवसरवादी र अराजनीतिक अडान लिएको अध्यक्ष नेपालले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।